नेपाली लेखक संघले नेपाली सवारीसाधनमा जडान गरिने इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा हुनुपर्ने बताएको छ।
एक विज्ञप्ति जारी गर्दै अध्यक्ष वियोगी बुढाथोकीले नम्बर प्लेटअंग्रेजीमा राख्न लागिएकोमा विरोध गर्दै यसले नेपाली भाषाको अवमूल्यन भएको जनाएको हो।
‘नेपालभित्र दर्ता भएका सवारीसाधनमा जडान गरिने इम्बोस्ड नम्बर प्लेट अंग्रेजी भाषामा हुनुपर्ने भन्ने सरकारको निर्णय अझै यथावत् रहेको र कार्यान्वयनमा समेत लग्न खोजेको विषयप्रति नेपाली लेखक संघको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ।
संघले सुरुदेखि नै सरकारको यो निर्णयमा असहमति जनाउँदै आएको पनि अवगत गराइएको छ।

177
Shares

प्रतिक्रिया