रौतहटको माधवनारायण नगरपालिका- २ मुडबलवाकी रुबीकुमारी साहको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा माधव नारायण- ६ निवासी लक्ष्मण पासवान रहेका जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले जानकारी दिए।
‘उनलाई आज बिहान आफ्नै घर नजिकै रहेकाे माधवनारायण नपा-६ माधोपुरस्थित नहरको बाटोमा जिउमा आगो लगाएको अवस्थामा बुधबार बिहान हामीले पक्राउ गरेका हौँ,’ डीएसपी कार्कीले नेपालखबरसँग भने, ‘उनले आफ्नै शरीरमा आगो लगाएको पाइएको छ। घाइते अवस्थामा उनी पक्राउ परेका हुन्। पक्राउपछि उनलाई अस्पतालमा भर्ना गरिएको छ।’
गएको शनिबार राति रुवीको शव गौर नगरपालिका-९ मा पर्ने गौर–सिरसिया सडकखण्डस्थित दिव्यज्योति स्कुलको गेट नजिकै सुटकेसमा फेला परेको थियो।
पासवानले रुविको शव फाल्नका लागि रिक्सा भाडामा लिएको र गन्तव्यतर्फ जाँदै गर्दा रिक्सा बिग्रिएपछि शव सडकमै फालेर उनी फरार भएका प्रहरीको भनाई छ।
शव फाल्नको लागि प्रयोग भएको ई–रिक्साका चालक गौरका लक्ष्मण महरालाई यसअघि नै प्रहरीले पक्राउ गरेको थियो।
रुवीकाे हत्या आराेपमा पक्राउ परेका पासवान केही समयअघि मात्रै मलेसियाबाट नेपाल फर्किएको पाइएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको डीएसपी कार्कीले बताए।
-
रिक्सा बिग्रिएपछि सडकमै छाडेका थिए रुबीको शव, विदेशबाट ल्याएका थिए सुटकेस
-
अपडेट: सुटकेसभित्र भेटिएको युवतीको शवको सनाखत
Shares

प्रतिक्रिया