समाज


उखु किसानलाई अनुदान रकम निकासा, पर्सिसम्म खातामा

आन्दोलनरत किसानसँग वार्ता जारी
उखु किसानलाई अनुदान रकम निकासा, पर्सिसम्म खातामा

नेपालखबर
भदौ १०, २०८२ मंगलबार १७:५९, काठमाडौँ

सरकारले उखु किसानहरूलाई प्रोत्सहान, अनुदानवापतको रकम आज निकासा गरेको छ। अर्थ मन्त्रालयले ७५ करोड ४९ लाख ३८ हजार २सय ४० रुपैया निकासा  गरेको हो। 

निकासा गरिएको रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको कार्यलयमार्फत किसानको बैंक खातामा भुक्तानी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। 

मन्त्रिपरिषद्को बैठकले यसपटक उखु किसानलाई प्रति क्विन्टल ३५ रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरे पनि प्राविधिक कारण जनाउँदै अर्थ मन्त्रालयले निकासा गर्न ढिलाइ गरेको थियो। 

यो रकम प्राप्त हुन नसक्दा उखु किसानले काठमाडौँ केन्द्रित आन्दोलन गर्दे आएका छन्। यसअघि उखु किसानहरूले प्रति क्विन्टल ७० रुपैया प्रोत्साहन स्वरुप पाउँदै आएका थिए। 

कृषि मन्त्रालयले उखु किसानलाई यतिनै रकम उपलब्ध गराउन मन्त्रिपरिषद्‌मा प्रस्ताव लगेको भए ३५ रुपैयाँ उपलब्ध गराउने निर्णय भएको थियो।

यसैबीच काठमाडौँमा जम्मा भएका उखु किसान र कृषि मन्त्रालयका प्रतिनिधिबीच सिहंदरवारस्थित मन्त्रालयमा वार्ता भएको छ। वार्तामा मन्त्रालयका तर्फबाट कृषि विभागका उपमहानिर्देशक ललन कुमार सिंह, मन्त्रालयका उपसचिव लालकुमार श्रेष्ठ र मणिरत्न अर्याल र उधोग मन्त्रालयका प्रतिनिधि सहभागी छन्। उखु किसानका तर्फबाट श्यामबाबु रायलगायत सहभागी छन्।

यसअघि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आजै उपमहानिर्देशक सिंहको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोली गठन गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad