काठमाडौँको गोंगबुबाट नक्कली सुनसहित एक जना पक्राउ परेका छन्।
गोंगबुको क्वालेटी क्याफेमा सुनको खरिदबिक्री भइरहेको सूचनापछि पुगेको प्रहरीले सोलुखुम्बुको दूधकुण्ड नगरपालिका १ टाक्सिन्दुका ३३ वर्षीय लाक्पा शेर्पालाई पक्राउ गरेको हो।
उनको साथबाट ‘वान केजी फाइन गोल्ड ९९९’ लेखिएको एक थान सुनको डल्ला बरामद गरेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका एसपी अंगुर जिसीले बताए।
उनले यसअघि पनि विभिन्न व्यक्तिहरूलाई झुक्याएर नक्कली सुन बिक्री गरेको खुलेको छ। उनलाई आइतबार थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाएको एसपी जिसीले बताए।
483
Shares

प्रतिक्रिया