कारोबार


घरजग्गा कम्पनीलाई राष्ट्र बैंकको सहुलियत, कर्जा तिर्न नसकेकाले सजिलै पुनर्तालिकीकरण गर्न पाउने

घरजग्गा कम्पनीलाई राष्ट्र बैंकको सहुलियत, कर्जा तिर्न नसकेकाले सजिलै पुनर्तालिकीकरण गर्न पाउने

नेपालखबर
भदौ ८, २०८२ आइतबार १८:१३, काठमाडौँ

घरजग्गा व्यवसाय गर्ने कम्पनीहरुप्रति नेपाल राष्ट्र बैंकले लचिलो नीति लिएको छ।

बैंकले जग्गा विकास तथा भवन निर्माणसँग सम्बन्धित फर्म वा कम्पनीले कर्जा पुनर्संचना वा पुनर्तालिकीकरण गर्न पाउने व्यवस्था गरेको हो। 

बैंकले (क) (ख) र (ग) वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०८१ संशोधन गर्दै पुनर्तालिकीकरणको सुविधा दिएको हो । 

‘नेपाल सरकारबाट स्वीकृतिप्राप्त निकायमा दर्ता भई सञ्चालनमा रहेका जग्गा विकास तथा भवन निर्माणसँग सम्बन्धित फर्म वा कम्पनीलाई प्रवाहित कर्जाको हकमा ऋणीको अनुरोधमा संशोधित व्यावसायिक योजना तथा नगद प्रवाहलगायतका पक्षहरुको विश्लेषणसहित बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम असुलउपर गरेर एक पटकका लागि कर्जा पुनर्तालिकीकरण वा पुनर्संरचना गर्न सकिनेछ’, निर्देशनमा भनिएको छ।

कम्पनीले पुनर्संरचना २०८२ असोज मसान्तभित्र गरिसक्नुपर्नेछ। यस्तै पुनर्तालिकीकरण गरिएको कर्जालाई २०८१ चैत मसान्तमा जुन वर्गमा वर्गीकृत गरिएको थियो कम्तीमा सोही वर्गमा वर्गीकरण गनुपर्ने व्यवस्था गरेको छ। यस्ता कर्जामा गरेको नोक्सानी व्यवस्था भने राइट ब्याक गर्न नपाइने भएको छ। 

यसअघि गत आवको नाफा देखाउँदा अधिकांश वाणिज्य बैंकहरूले पुनर्तालिकीकरण तथा पुनर्संचना गरेका कर्जामा गरिएको कर्जा नोक्सानी व्यवस्थापनको रकम राइट ब्याक गरेर नाफामा गणना गरेका थिए। जसले अघिल्लो आवको तुलनामा गत आवमा नाफा ह्वात्तै बढाउन मद्दत पुगेको थियो। नाफाको परिष्कृत वित्तीय विवरण निकालिसकेपछि राष्ट्र बैंकले घरजग्गा कम्पनीमा भने यसरी राइटब्याक गर्न नपाउने व्यवस्था गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad