ad ad

समाज


ईमेज टेलिभिजनकी प्रस्तोता गृष्मा राजभण्डारीमाथि कार्यालयमै कुटपिट

ईमेज टेलिभिजनकी प्रस्तोता गृष्मा राजभण्डारीमाथि कार्यालयमै कुटपिट

नेपालखबर
बैशाख ५, २०७७ शुक्रबार ११:२९,

ईमेज टेलिभिजनकी समाचार प्रस्तोता प्रमुख गृष्मा राजभण्डारीमाथि कार्यालयमै कुटपिट भएको छ। शुक्रबार दिउँसो कामकै विषयमा विवाद हुँदा राजभण्डारीमाथि अर्का प्रस्तोता सुसन रामदामले कुटपिट गरेका हुन्।

ईमेज टेलिभिजनका प्रमुख कार्यकारी लक्ष्मण हुमागाईका अनुसार कुटपिट गर्ने सुसनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनापछि सुसनलाई प्रहरी बोलाएर आवश्यक कारबाहीका लागि पठाएको हुमागाईले बताए।

घाइते गृष्मालाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ।

काम गर्न लगाएको विषयलाई लिएर आफूमाथी कुर्सी प्रहार भएको गृष्माले प्रहरीलाई बताएकी छन्। थप अनुसन्धानका लागि ईमेज टेलिभिजनमा प्रहरी टोली पठाइएको महाराजगन्ज प्रहरी वृत्तले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .