कोरोना भाइरस (कोभिड १९) को संक्रमण परीक्षण देशभरका दुई जिल्ला बाहेक ७५ जिल्लामा सुरु भएको छ।
सोलुखुम्बु र डोल्पा बाहेकका सबै जिल्लामा र्यापिड टेस्ट सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।
डा. देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ४८ सय २२ वटा नमुना परीक्षण भएको छ।
स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा थप कोरोना संक्रमित नभेटिएको पनि स्पष्ट पारिएको छ।
हालसम्म २४ हजार २५३ जनाको परीक्षण गरिएको छ। जसमा ७ हजार ६ सय ८८ जनाको पीसीआर परीक्षण भएको हो भने १६ हजार ५ सय ६५ जनाको र्यापिड टेस्ट गरिएको प्रवक्ता डा. देवकोटाले जनाए।

प्रतिक्रिया