राजनीति


लकडाउनबारे मतभेद भएपछि ब्राजिलमा राष्ट्रपतिद्वारा स्वास्थ्यमन्त्री बर्खास्त

लकडाउनबारे मतभेद भएपछि ब्राजिलमा राष्ट्रपतिद्वारा स्वास्थ्यमन्त्री बर्खास्त

नेपालखबर
बैशाख ५, २०७७ शुक्रबार १०:४५,

लकडाउन कति कडा पार्ने भन्ने विषयमा मत नमिल्दा ब्रजिली राष्ट्रपतिले स्वास्थ्य मन्त्रीलाई पदबाट बर्खास्त गरेका छन्।

स्वास्थ्यमन्त्री लुइज एनरिके म्यान्डेटासँग राष्ट्रपति जायर बोल्सोनारोको मत बाझिँदै आएको थियो। म्यान्डेटा कोरोना भाइरस फैलिन नदिन कडा लकडाउन गर्ने पक्षमा थिए।

तर, राष्ट्रपति बोल्सोनारोले कोरोना महामारीको जोखिमलाई सुरुदेखि सानो मान्दै आएका छन्। उनी वृद्धहरुलाई घरमा राखेर युवाहरुलाई काममा पठाउनुपर्ने पक्षमा छन्।

त्यस्तै मलेरियाको उपचारमा प्रयोग हुने औषधिले कोरोना निको पार्छ कि पार्दैन भन्ने विषयमा पनि राष्ट्रपति र मन्त्रीबीच मतभेद देखिएको थियो।

स्वास्थ्य सेवाका प्रमुख मन्त्री र कार्यकारी प्रमुख राष्ट्रपतिबीचको असमझदारीले गर्दा ब्राजिलमा सरकारबाटै मिश्रित सन्देश दिइन थालिएको थियो।

प्रदेशका गभर्नरहरुले पनि स्वास्थ्यमन्त्रीलाई साथ दिएका थिए। त्यसैले मार्चको मध्यदेखि लकडाउन कडा पारिन थालिएको थियो।

बोल्सोनारोले नयाँ स्वास्थ्यमन्त्रीका रुपमा क्यान्सर रोग विशेषत्र नेल्सन टेचलाई नियुक्त गरेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .