समाज


आईजीपी र गृहमन्त्रीलाई न्यायाधीश मल्लको आग्रह : महिला प्रहरीबाट सुरक्षा लिनुस्, उदाहरण बनिदिनुस्

आईजीपी र गृहमन्त्रीलाई न्यायाधीश मल्लको आग्रह : महिला प्रहरीबाट सुरक्षा लिनुस्, उदाहरण बनिदिनुस्

नेपालखबर
भदौ ५, २०८२ बिहिबार १३:५६, काठमाडौँ

सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई महिला प्रहरीबाट सुरक्षा लिन आग्रह गरेकी छिन्।

नेपाल प्रहरीले बिहीबार आयोजना गरेको पहिलो महिला प्रहरी सम्मेलनमा न्यायधीश मल्लले भिभिआईपी र भिआईपीको सुरक्षामा महिला प्रहरी खटाउनुपर्नेमा जोड दिएकी हुन्।

 महिलाहरु सुरक्षा दिन सक्षम छन् भनेर उदाहरण बनिदिन उनले गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरिक्षक दीपक थापालाई गरिन्।

‘प्रहरी भन्नासाथै शान्ति सुरक्षा दिने, अझ न्याय पालिकाको सदस्य पनि हो तपाई, न्यायको पहिलो ढोका पनि हो तपाईँ,’ मल्लको भनाइ छ, ‘कुनैपनि अपराधिक घटनामा न्याय दिलाउने तपाईहरु द्वार पनि हो। तर महिलाहरू यो यो संस्थाबाट, संरचनाबाट लामो समय सक्रिय र अर्थपूर्ण सहभागिताबाट बहिष्कृत थिए। बहिष्कृत यस अर्थमा थिए कििनेभने त्यहाँ एउटा गहिरो जरो गाडिएका यस्तो सोचहरू थिए जुन चाहीँ लैङ्गिक लघुताभाषमा आधारित थिए। के सोचिन्थ्यो भन्दाखेरी सुरक्षामा, सेनामा, कानुन कार्यन्वयन गर्ने निकायमा, अथवा न्यायका सिक्रीहरुमा महिलाह सक्दैनन्। महिलाहरु सक्षम छैनन्। महिलाहरुले गर्न सक्दैनन्।’

‘यो प्रहरी सम्मेलनमा के निवेदन गर्न चाहन्छु भने मेरो सुरक्षामा त महिला पनि हुनुहुन्छ। अब ययदि महिलाले सुरक्षा लिने वर्ग होईन दिने वर्ग पनि हो भने भिभिआईपी र भिआईपीको सुरक्षामा र विशेष गरेर आईजीपी र गृहमन्त्रीहरुले महिलाबाट सुरक्षा लिनुस्, तपाईहरू उदाहरण बनिदिनुस्,' मल्लले भनिन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad