भक्तपुरमा रहेको सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले करार सेवामा काम गर्नेगरि केही कर्मचारी माग गरेको छ।
आठौँ तहका सिनियर चिकित्सकदेखि पाँचौँ तहको रेडियोग्राफरसहितका कर्मचारीको लागि अस्पतालले दरखास्त आह्वान गरेको छ।
अस्पतालले आज सूचना प्रकाशन गर्दै आठौँ तहको सिनियर प्रत्यारोपण शल्यचिकित्स १, आठौँ तहकै ग्यास्ट्रोइन्टेरोलोजी तथा हेपाटोलोजी चिकित्सक १, आठौँ तहको रजिस्ट्रार प्याथोलोजी १, आठौँ तहकै रजिस्ट्रार क्रिटिकल केयर एण्ड एनेस्थेसियोलोजी १, पाँचौ तहको असिस्टेन्ट फर्मासिस्ट १ र पाँचौ तहकै रोडिओग्राफर १ जनाको लागि दरखास्त आह्वान गरेको हो।
योग्यता पुगेका इच्छुक व्यक्तिले अबको २१ दिनभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ।

114
Shares

प्रतिक्रिया