समाज


अख्तियारले समाचारको स्रोत खोजेपछि महासंघको आपत्ति

अख्तियारले समाचारको स्रोत खोजेपछि महासंघको आपत्ति

नेपालखबर
भदौ ३, २०८२ मंगलबार १६:१, काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक दैनिक पत्रिकामा प्रकाशित समाचारको स्रोत मागेकोप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ।

महासंघ काठमाडौं शाखाका अनुसार यही साउन ११ गते ‘सामान्य प्रशासन मन्त्री गुप्ता लाखौंको घुस लिने काममा संलग्न भएको भन्दै अख्तियारमा उजुरी’ शिर्षकको समाचारसँग सम्बन्धित अडियो र यही साउन १८ गते प्रकाशित ‘७० लाख घुस काण्डमा मुछिएका मालपोत प्रमुख पौडेललाई मन्त्री अधिकारी र सचिवको संरक्षण’ भन्ने समाचारको स्रोत उपलब्ध गराउन आयोगले उक्त पत्रिकाको प्रकाशन संस्थालाई पत्राचार गरेको छ।

‘समाचारको स्रोतको संरक्षण गर्नु पत्रकारिताको सिद्धान्त, धर्म र संवैधानिक अधिकार हो’ महासंघले मंगलबार विज्ञप्ति प्रकाशित गरी भनेको छ, ‘पत्रकार अचारसंहिताले पनि समाचार स्रोतको संरक्षणको व्यवस्था गरेको छ। आयोगले समाचारको स्रोत माग्नु पत्रकारिताको सिद्धान्त, संविधान तथा अचारसंहिताको प्रावधान विपरित भएको बुझाइ छ।’    

प्रकाशित समाचारप्रति असहमति भए विधि प्रक्रिया अनुसार कारबाही गर्ने बाटो हुदाँहुदै आयोगले समाचारको स्रोत माग्नु प्रेस स्वतन्त्रता विपरित कार्य हुन जाने भएकाले तत्काल पत्र फिर्ता लिइ विधिमा फर्कन महासंघले सम्बद्ध पक्षसँग जोडदार माग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad