सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी वर्षदेखि बैंक नोट बाहेक सबै छपाइ सम्बन्धी काम सुरक्षण मुद्रण केन्द्रले गर्ने बताएका छन्।
हाल २८ लाख ड्राईभिङ स्मार्ट कार्ड छाप्न लागिएको उनले यो वर्ष छाप्ने ६४ लाख राहदानी बाहिरको संस्थालाई दिएको जानकारी गुरुङले जानकारी दिए।
हाल बाहिरको कम्पनीलाई २० लाख राहदानी छाप्न दिएर बाँकी रहेको ४४ लाख पछि छाप्ने प्रस्ताव आफूले परराष्ट्र मन्त्रालयलाई गरेपनि त्यसो हुन नसकेको उनले बताए।
उनको भनाइ छः
सुरक्षण मुद्रण केन्द्र म आउँदा बन्द थियो, त्यहाँको सिईओ मुद्दा परेर जेलमा छ। मेसिन सबै ल्याएर राखेका छन्। ठूलो प्रिटिङ मेसिन राख्ने ठाउँ नभएपछि अलपत्र भएर बसेको थियो। यो वर्ष छाप्ने ६४ लाख राहदानी चाहीँ बाहिरको संस्थालाई दिएका छौँ।
मैले भनेको २० लाख चाहिँ अहिले छोप्नुस्, बाँकी रहेको ४४ लाख पछि छापौँ भनेको परराष्ट्र मन्त्रालयबाट मान्नुभएन, एकैपटक छाप्ने भन्नुभयो। त्यसकारण उनीहरुले अहिले छाप्दैछन्। अर्को सालदेखि बैक नोट बाहेक नेपालका सबै चिज हुलाक टिकटदेखि लिएर स्मार्ट कार्ड, ईमिग्रेसनको सबै डकुमेण्ट, नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानीदेखि लिएर सबै चिजहरु छाप्ने सुरक्षण मुद्रण केन्द्र हामीले तयार गरिरहेका छौँ।
अहिले हामी २८ लाख ड्राईभिङ स्मार्ट कार्ड छाप्दैछौँ। सुरक्षण मुद्रणसंग जोडिएका सबै चिज छाप्ने काम अब हाम्रो संचार मन्त्रालय अन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले गर्छ।
Shares

प्रतिक्रिया