समाज


रविलाई नख्खु कारागार पुर्‍याइयो, समर्थकलाई हात हल्लाउँदै भित्र पसे

रविलाई नख्खु कारागार पुर्‍याइयो, समर्थकलाई हात हल्लाउँदै भित्र पसे

नेपालखबर
साउन ३१, २०८२ शनिबार १८:१७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ललितपुरको नख्खु  कारागार पुगेका छन्।

उनलाई शनिबार भैरहवा विमानस्थलबाट काठमाडौँ ल्याइएको हो।

काठमाडौँ विमानस्थल ओर्लने बित्तिकै उनलाई नेपाल आयल निगमको गेटबाट सिधै नख्खु कारागार लगिएको हो।

रविलाई नख्खु  कारागारमा राखिने भएपछि बाहिर रास्वपाको समर्थक बाक्लोरुपमा उपस्थित भएका थिए। रवि पुग्ने बित्तिकै उनीहरुले नाराबाजी गरेका थिए भने रविले हात हल्लाएका थिए।

नख्खु कारागार बाहिर रविका समर्थकहरू बाक्लो संख्यामा उपस्थित भएका थिए । उनीहरूले रविको समर्थनमा नाराबाजी गरेका थिए । रविले समर्थकहरूलाई भ्यानबाटै हात हल्लाए । 

गत चैत २५ गतेदेखि भैरहवा कारागारमा रहेका लामिछानेले जेठमै नक्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए। 

तर, उनलाई कारागार स्थानान्तरण नगर्दा सरकारको आलोचना भएको थियो। आलोचनापछि सरकार उनलाई काठमाडौँ ल्याउन तयार भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad