कुशल मल्लको अर्धशतकका बाबजुद नेपालले अष्ट्रेलियामा जारी टप इन्ड टी-२० सिरिजमा लगातार दोस्रो हार व्यहोरेको छ।
समूह चरणको पहिलो खेलमा नेपाल एनटीएससँग ४२ रनले पराजित भएको थियो।
बंगलादेश ‘ए’ ले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५४ रन मात्र बनाउन सक्यो।
नेपालका लागि कुशल मल्ल ५९ र नन्दन यादव १४ रनमा नटआउट रहे।
ओपनर कुशल भुर्तेल १२ र आशिफ शेख २८ रनमा आउट भए।
लोकेश बम १५ रन बनाउँदा क्याच आउट हुन पुगे।
कप्तान रोहित पौडेलले १० रन मात्रै जोड। दीपेन्द्रसिंह ऐरी १ रन बनाउँदा एलबीडब्लु धरापमा परे। गुल्सन झा पहिलो बलमा नै एलबीडब्लु आउट भए।
करण केसी ६ रन बनाउँदा क्याच आउट ने हुन पुगे।
नेपालविरुद्ध घातक बलिङ गरेका बंगलादेश ‘ए’ का रकिबुल हसनले ३ विकेट झारे। उनले आफनो स्पेलमा मात्र १८ रन खर्चेर ३ विकेट लिए। नेपालका लोकेश, दीपेन्द्र र गुल्सनलाई पेभेलियनको बाटो उनैले देखाए।
त्यस्तै रिपोन मन्डल र तोफइल अहमदले एक विकेट आफ्नो नाममा गरे।
त्यसअघि अष्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट ग्राउण्ड टु मा टस जितेर ब्याटिङ गरेको बंगलादेश ‘ए’ ले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८६ रनको योगफल तयार पारेको थियो।
पहिलो विकेटका लागि ओपनर जिसम आलम र मोहम्मद नैमले ६.४ ओभरमा ६६ रनको साझेदारी गर्दै बंगलादेशलाई राम्रो सुरुवात दिलाएका थिए।
बंगलादेशका ओपनर जिसन आल सर्वाधिक ७३ रन बनाउँदा नन्दन यादवको बलमा एलबीडब्लु धरापमा परे।
जिसनले ४६ बलमा ४ चौका र ५ छक्का प्रहार गरे। अर्का ओपनर मोहम्मद नेम २५ रन बनाउँदा सन्दीप लामिछानेको बलमा कप्तान रोहित पौडेलको हातबाट क्याच आउट हुन पुगे मोहम्मदले १८ बलमा २ चौका र १ छक्का प्रहार गरे।
सैफ हसन ११ रन बनाउँदा रनआउट भए। ११ बलमा ११ रन बनाएका सैफ रिजन ढकालको बलमा विकेट किपर आशिफ शेखको हातबाट रनआउट हुन पुगे।
कप्तान नुरुल हसन ५ रन बनाउँदा करण केसीको बलमा दिपेन्द्र सिंह ऐरिको हातबाट क्याच आउट भए। आफिफ होसेन ४८ रनमा अविजित रहे।
नेपालका लागि रिजन ढकालले २ विकेट झारे। करण केसी, नन्दन यादव र सन्दीप लामिछानेले समान एक विकेट आफ्नो नाममा गरे। सन्दीपले आफ्नो स्पेलमा २१ मात्रै रन खर्चे।
समू चरणको आफ्नो तेस्रो खेलमा नेपालले सोमबार एमएस एकेडेमीविरुद्ध खेल्नेछ।
Shares

प्रतिक्रिया