समाज


माइत हिँडेकी शान्ता फड्केबाट खोलामा खसिन्, छोरीको मृत्यु

माइत हिँडेकी शान्ता फड्केबाट खोलामा खसिन्, छोरीको मृत्यु

नेपालखबर
साउन ३०, २०८२ शुक्रबार २०:२०, विराटनगर

ताप्लेजुङको फुङलिङ नगरपालिका–१० फुरुम्बुमा फड्केबाट खस्दा साढे दुई वर्षीया बालिकाको ज्यान गएको छ।

फक्ताङलुङ गाउँपालिका र फुङलिङ नगरपालिकाको सिमानामा रहेको सिस्ने खोलामा बनाइएको अस्थायी बाँसको फड्के पुलबाट आमा–छोरी चिप्लिएर खोलामा खसेका थिए।

फुरुम्बुकी शान्ता लिम्बू छोरीलाई बोकेर माइती जाँदै गर्दा चिप्लिएर लडेकी थिइन्। चिप्लिँदा दुवै खोलामा खसेको प्रहरीले जनाएको छ।

आमा शान्तालाई उनका ससुरा टकबहादुर लिम्बूले सकुशल उद्धार गरे पनि छोरीलाई खोलाले करिब २०० मिटर तल बगाएको र उद्दार गर्ने क्रममा मृत्यु भइसकेको प्रहरीले जनाएको छ। 

बालिका ढुङ्गामा अड्किएको अबस्थामा उद्धार गर्दा मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad