कोरोना भाइरस ‘कोभिड १९’ महामारीका कारण संक्रमित हुनेको संख्या २१ लाख पुग्न लागेको छ।
नेपाली समयअनुसार बिहीबार साँझ साढे ५ बजेसम्मको तथ्यांकअनुसार हाल विश्वभर २० लाख ९७ हजार १०१ मानिसहरु कोरोना संक्रमित छन्।
यस भाइरसका कारण अहिलेसम्म १ लाख ३५ हजार ६६२ जनाको मृत्यु भएको छ।
दैनिक कोरोना संक्रमित र मृतकको संख्या बढ्दै जाँदा हालसम्म उपचारपछि ५ लाख २३ हजार ३६५ जना भने स्वस्थ बनेका छन्।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित राष्ट्र अमेरिका हो। त्यहाँ ६ लाख ४४ हजार ३४८ संक्रमित छन् भने २८ हजार ५४४ को मृत्यु भइसकेको छ।
स्पेनमा १ लाख ८२ हजार ८१६ कोरोना संक्रमित छन् भने इटलीमा १ लाख ६५ हजार १ ५५ संक्रमित छन्। एजेन्सी
3
Shares
प्रतिक्रिया