समाज


कोरोना परीक्षणः भारतबाट फर्केका रुकुमका दुई पुरुषको रिपोर्ट पोजिटिभ

कोरोना परीक्षणः भारतबाट फर्केका रुकुमका दुई पुरुषको रिपोर्ट पोजिटिभ

नेपालखबर
बैशाख ४, २०७७ बिहिबार १०:३६,

भारतबाट फर्केका रुकुमका दुई पुरुषको कोरोना (कोभिड–१९) परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको छ। पश्चिम रुकुमको चौरजहारीमा रहेका उनीहरुको स्वाव सुर्खेतस्थित कर्णाली प्रदेशको स्वास्थ्य विभाग पठाइएकोमा उसले पीसीआर परीक्षणका लागि कैलाली पठाएको थियो।

सुर्खेतबाट संकलन गरिएको सो स्वाबलाई कैलाली धनगढिस्थित सेती प्रादेशिक अस्पतालको पीसीआर बिधिबाट परीक्षण गर्दा पोजिटिभ देखिएको एक चिकित्सकले बताए।

कर्णाली प्रदेशका मन्त्री प्रकाश ज्वालाका अनुसार चौर जहारीस्थित आइसोलेसनमा राखिएका दुई पुरुषको रिपोर्ट शंकास्पद् भएपछि पीसीआर परीक्षणका लागि सेती अस्पताल पठाइएको थियो।

‘थप परीक्षणका लागि उनीहरुको स्वाब काठमाडौं पठाइएको छ,’ सेती अञ्चल अस्पतालका एक चिकित्सकले भने।

‘वहाँहरुको स्वाब काठमाडौं पनि पठाइएको छ। त्यो रिपोर्ट समेत आएपछि के गर्ने आवश्यक व्यवस्था गरिनेछ,’ मन्त्री ज्वालाले नेपालखबरसँग भने। ‘उहाँहरु अहिले चौरजहारीमा तयार गरिएको आइसोलेसनमै हुनुहुन्छ।’

ज्वालाले ३६ र ५६ वर्षका ती पुरुषहरु हालै भारतबाट आएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .