ad ad

समाज


पिज्जा पुर्‍याउने युवामा कोरोना संक्रमण देखिएपछि भारतका ७२ परिवार क्वारेन्टिनमा

पिज्जा पुर्‍याउने युवामा कोरोना संक्रमण देखिएपछि भारतका ७२ परिवार क्वारेन्टिनमा

नेपालखबर
बैशाख ४, २०७७ बिहिबार १०:३६,

भारतमा पिज्जा डिलिभरी ब्वाईमा कोरोना भाइरसको संक्रमण देखिएपछि ७२ परिवारलाई क्वारेन्टिनमा राखिएको छ।

दिल्लीमा पिज्जा घर–घरमा पुर्याउने एक १९ वर्षका युवामा कोरोना भाइरसको संक्रमण देखिएको टाइम्स अफ इन्डियाले जनाएको छ।

ती युवामा कोरोनाको संक्रमण देखिएपछि उनले हालैका दिनमा पिज्जा पुर्याएका ७२ परिवारलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ।

दिल्लीको माल्विया नगर क्षेत्रमा रहेको प्रख्यात पिजा पसलमा ती युवा कार्यरत छन्। सोही पिज्जा पसलमा काम गर्ने उनका अन्य १६ सहपाठीलाई पनि क्वारेन्टिनमा राखिएको छ।

टाइम्स अफ इन्डियाका अनुसार ती युवाले करिब ५ किलोमिटर क्षेत्रका घरहरुमा पिज्जा पुर्याउने काम गर्दथे।

प्रहरीका अनुसार ती युवाले हालै ७२ परिवारलाई पिज्जा पुर्याएका थिए।

हालसम्म भारतमा १२ सय ४५६ कोरोना संक्रमित छन्। ४ सय २३ संक्रमितको भने मृत्यु भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .