ad ad

समाज


अफवाह फैलाउने पत्रकारलाई कारबाही गर्न प्रेस काउन्सिललाई प्रहरीको सिफारिस

अफवाह फैलाउने पत्रकारलाई कारबाही गर्न प्रेस काउन्सिललाई प्रहरीको सिफारिस

नेपालखबर
बैशाख ४, २०७७ बिहिबार ९:४५,

प्रहरीले ‘काठमाडौं उपत्यकामै १५ सय जनामा कोरोना संक्रमण रहेको’ भनि अफवाह फैलाउने पत्रकारलाई काराबाही गर्न प्रेस काउन्सिलमा सिफारिस गरेको छ।

प्रहरी प्रधान कार्यालयले बिहीबार प्रेस विज्ञप्ति प्रकासित गरी ‘सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागर राजभण्डारीले काठमाडौं उपत्यकामै १५ सय केस रहेको भनि बताएको भन्ने भिडियो सेयर गर्ने व्यक्ति अनलाइनपत्रिका डटकमका अध्यक्ष/प्रधानसम्पादक सुविन कुमार श्रेष्ठ रहेको अनुसन्धानबाट खुल्न आएको’ बताएको छ।

प्रहरीले त्यसबारे डा.राजभण्डारीसँग बुझ्दा आफूले भिडियोमा भनेजस्तै केही कुरा नभनेको र नेपालखबरमार्फत खण्डनसमेत गरिसकेको विज्ञप्तिमा उल्लेख छ।

प्रहरीले ‘उक्त अफवाहपुर्ण समाचार सम्प्रेषण गर्ने व्यक्तिलाई आवश्यक कारबाहीको लागि प्रेस काउन्सिल नेपाललाई जानकारी गराइएको’ जनाएको छ।


police statPNG

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .