ad ad

राजनीति


नेकपा सर्लाहीले काठमाडौंमा अलपत्र जिल्लाका नागरिकलाई राहत दिने, यी नम्बरमा सम्पर्क गर्न आह्वान

नेकपा सर्लाहीले काठमाडौंमा अलपत्र जिल्लाका नागरिकलाई राहत दिने, यी नम्बरमा सम्पर्क गर्न आह्वान

नेपालखबर
बैशाख ४, २०७७ बिहिबार ९:२६,

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सर्लाही जिल्ला कमिटीले सर्लाही घर भई काठमाडौं बसोबास गरिरहेका र अहिले कोरोना महामारीका कारण जीविकोपार्जनसमेत गर्न कठिनाइ भइरहेका नागरिकलाई सहयोग गर्ने घोषणा गरेको छ।

सर्लाही घर भई विभिन्न कामका सिलसिलामा काठमाडौं उपत्यकामा बस्ने त्यस्ता नागरिकलाई राहतका लागि आह्वान गर्दै नेकपा सर्लाही जिल्ला कमिटीका अध्यक्ष रेवती पन्तले सम्पर्कका लागि विभिन्न फोन नम्बरसहित विज्ञप्ति जारी गरेका हुन्।

अध्यक्ष पन्तका अनुसार काठमाडौंमा ज्याला मजदुरी गर्ने, साधारण डेरामा गुजारा गर्ने, असंगठित तथा ससाना श्रम गरी जीवन चलाउने, रिक्साठेला वा अन्य श्रमका काम गर्ने अति विपन्न परिवारलाइ सर्लाही-काठमाडौ सम्पर्क मञ्चको संयोजनमा केही राहत प्रदान गर्न लागिएको हो।

‘यो अहिले लकडाउनका बेला काठमाडौं उपत्यकाबाट तत्काल गाउँ फर्किने सम्भावना देखिँदैन,’ बिहीबार दिउँसो टेलिफाेनमा नेपालखबरसँग कुरा गर्दै नेकपा सर्लाही जिल्ला अध्यक्ष पन्तले भने, ‘त्यसैकारण काठमाडौंमा रहेका यहाँका त्यस्ता वर्ग जसलाई बिहान बेलुका हातमुख जोड्न समस्या भइरहेको छ, उनीहरूलाई यो लकडाउन अवधिभर भोको बस्न नपरोस् भनेर चामल, दाललगायत दैनिक उपभोग्य वस्तु सहयोग गर्न खोजेका हौं।’

त्यसैले त्यस्ता समस्याग्रस्त परिवारले निम्न नम्बरमा फोन सम्पर्क गरी राहत प्राप्त गर्न नेकपा सर्लाही जिल्ला कमिटीले आह्वान गरेको छ।
यी हुन् सम्पर्क नम्बर
नेकपा सर्लाही जिल्ला कमिटी- ९८५४०३५८०७

सन्तोष दाहाल ९८५१११८३२४

जिएन मैनाली ९८५४०३७५६५

राजु थापा ९८५१०४३२८७

शंकर रायमाझी ९८५१०८५७३०

निशान थापा ९८५१०३९५८८

श्याम श्रेष्ठ ९८४४१५१२८७

नवीन थापा ९८५११२०७७४

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .