समाज


शिक्षकलाई विद्यालयबाहेक अन्यत्र काजमा खटाउन नपाइने

शिक्षकलाई विद्यालयबाहेक अन्यत्र काजमा खटाउन नपाइने

नेपालखबर
असार २२, २०८३ सोमबार १८:४४, काठमाडौँ

सरकारले विद्यालयबाहेक अन्य कुनै निकायमा शिक्षकलाई काजमा खटाउन नपाउने नियम बनाएको छ।

शिक्षा नियमावलीको १०औँ संशोधनमार्फत सरकारले शिक्षकलाई विद्यालयबाहेक अन्य निकायमा काजमा खटाउन नपाउने व्यवस्था ल्याएको हो। 

विशेष गरी शिक्षक महासंघका अध्यक्ष र महासचिवले काज सुविधा लिदै आएका थिए। महासंघको अध्यक्ष र महासचिवको कार्यकाल तीन वर्षको हुने गरेको छ। 

महासंघका अध्यक्ष र महासचिवले तीन वर्षसम्म काज सुविधा लिने गरिएको थियो। नियमावलीअनुसार, अब महासंघका नेताले काज सुविधा पाउने छैनन्। 

सरकारले ‘शिक्षकको काम पढाउने हो’ भन्दै अन्यत्र काजमा खटाउनु नपर्ने व्यवस्था गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad