एक किशोरीलाई यौन दुर्व्यवहार एक बालिकालाई बलात्कार गरेको आरोपमा उदयपुरबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
१६ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा त्रियुगा नगरपालिका-११ साकेलाटोलका २२ वर्षीय सागर परियार पक्राउ परेका हुन्।
परियारलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
त्यसैगरि त्रियुगा नगरपालिका वडा-११ बरुवाटार बस्दै आएकी सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाँउका ४५ वर्षीय शुभराज राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
राईलाई पनि जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएकाे छ।
102
Shares

प्रतिक्रिया