माछा पोखरीमा डुबेर गुल्मीमा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका‐८ रजाली टोल बस्ने ४५ वर्षीय तुल्सीबहादुर क्षेत्री रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
चन्द्रकोट गाउँपालिका‐८ रामपुरस्थित स्थानीय बहुउद्देश्यीय कृषक समूहले माछापालन गर्दै आएको पोखरीमा डुबेर उनकाे मृत्यु भएकाे हाे।
मंगलबार साँझ पाेखरीकाे डिलमा पुरुषको टिसर्ट, पाइन्ट, चप्पल र टोपी देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए।
114
Shares

प्रतिक्रिया