समाज


कोरोना संक्रमणले गर्भवतीको मृत्यु, शिशु सकुशल!

कोरोना संक्रमणले गर्भवतीको मृत्यु, शिशु सकुशल!

नेपालखबर
बैशाख ४, २०७७ बिहिबार ४:५,

बेलायतमा कोरोना संक्रमणका कारण गर्भवती नर्सको मृत्यु भए पनि उनको गर्भमा रहेको शिशुलाई सकुशल बाहिर निकाल्न चिकित्सक सफल भएका छन्।

लुटन एन्ड डनस्टेबल युनिभर्सिटी हस्पिटलमा कार्यरत २८ वर्षीया नर्स मेरी अगियइवा अग्यापोङको कोरोना संक्रमणका कारण गत आइतबार मृत्यु भएको हो।

तर उनको मृत्यु भएलगत्तै चिकित्सकले आकस्मिक शल्यक्रिया गरी पेटमा रहेको बच्चा जीवितै निकालेका हुन्।
यही अप्रिल ७ तारिख ती नर्सलाई उनी कार्यरत हस्पिटलमै भर्ना गरिएको थियो।

नवजात शिशुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। तर शिशुमा कोरोना भाइरसको संक्रमण भए/नभएको केही खुलाइएको छैन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad