समाज


इटलीबाट काठमाडौं आएकी एक महिलाको र्‍यापिड टेस्ट पोजिटिभ, पीसीआर रिपोर्ट आउन बाँकी

इटलीबाट काठमाडौं आएकी एक महिलाको र्‍यापिड टेस्ट पोजिटिभ, पीसीआर रिपोर्ट आउन बाँकी

नेपालखबर
बैशाख ४, २०७७ बिहिबार ५:१८,

इटलीबाट एक महिनाअघि नेपाल फर्केकी एक महिलामा र्‍यापिड डाइग्नस्टिक टेस्ट (आरडीटी) गर्दा रिपोर्ट पोजिटिभ आएको छ।

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-९ की ती महिला गत चैत ४ गते नेपाल आएकी वडाध्यक्ष राजेन्द्रप्रसाद सापकोटाले बताए।

‘हिजो (बुधबार) गरिएको र्‍यापिड टेस्ट पोजिटिभ आएको छ,’ वडाध्यक्ष सापकोटाले बिहीबार बिहान नेपालखबरसँग भने, ‘पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेर प्रयाेगशालामा पठाइएको छ। आज रिपोर्ट आएपछि नगरपालिकाले यस विषयमा थप जानकारी गराउने छ।’

र्‍यापिड पाेजिटिभ हुने धेरैजसाेकाे पीसीआर परीक्षणकाे रिपाेर्ट भने नेगेटिभ आइरहेका छन्।

नेपाल फर्केदेखि ती महिला क्वारेन्टिनमा बसिरहेकी छन्। उनी एक्लै रहेको बताइएको छ।

थप किट आएपछि उनीसँग सम्पर्कमा रहेकाहरूको पनि र्‍यापिड टेस्ट गरिने वडाध्यक्ष सापकोटाले जानकारी दिए।

अहिले नेपालमा आरडीटी र पीसीआर दुई विधिबाट कोरोना भाइरसको परीक्षण भइरहेको छ।

सुरुमा चाँडै नतिजा निस्किने भएकाले आरडीटी परीक्षण गर्ने गरिएको भए पनि पुनः प्रयोगशालमा नमुना लगेर पीसीआर परीक्षण गरेपछि मात्रै सम्बन्धित व्यक्ति कोरोना संक्रमित हो/होइन, निश्चित गर्ने गरिएको छ।

याे पनि:

डा.पाण्डे भन्छन्ः र्‍यापिड टेस्ट पोजिटिभ आउनु भनेकाे झन् काेरोना निको भएको प्रमाण हो

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .