राजनीति


लालबन्दीमा खाद्य बैंक स्थापना

लालबन्दीमा खाद्य बैंक स्थापना

नेपालखबर
बैशाख ४, २०७७ बिहिबार ४:४,

लकडाउनपछिको सम्भावित खाद्य संकटलाई ध्यानमा राखेर सर्लाहीको लालबन्दी नगरपालिका-५ ले ‘खाद्य बैंक’ स्थापना गरेको छ।

न्यून आय भएका परिवार र सबै प्रकारका मजदूरलाई खाद्यान्न वितरणका लागि बैंक स्थापना गरिएको वडाध्यक्ष मोहनहरि भण्डारीले जानकारी दिए।

वडास्तरीय समिति गठन गरी वडा कार्यालयमा स्थापित बैंकमा दाताले चामल, दाल, नुन र तेल जम्मा गर्न सक्ने र त्यसको अभिलेख राखिने छ। भण्डारीले भने, ‘कैयौंँ व्यक्तिसँग नगद नहुने तर खाद्य वस्तु हुने भएकाले उनीहरुको सहयोगलाई एकीकृत गर्न खाद्य बैंक उपयुक्त हुने रहेछ।’

बैंकमा संकलित खाद्य पदार्थ सरकारी राहत वितरणपछि वडाबासीको स्थलगत अनुगमन गरेर छुटेका अति गरीब र विपन्नलाई वितरण गरिने जनाइएको छ।

कोरोना भाइरसको जोखिम जस्तै अन्य विपद् र संकटका बेला पनि बैंकलाई निरन्तरता दिइने भण्डारीले बताए। खाद्य बैंकमा हालसम्म २० क्विन्टल खाद्यान्न संकलन भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad