समाज


घाँसको भारी लिएर घर फर्किंदै गरेकी किशोरीको नदीमा डुबेर मृत्यु

घाँसको भारी लिएर घर फर्किंदै गरेकी किशोरीको नदीमा डुबेर मृत्यु

नेपालखबर
साउन २५, २०८२ आइतबार ८:६, काठमाडौँ

सर्लाहीमा एक किशोरीको नदीमा डुबेर मृत्यु भएको छ। 

बलरा नगरपालिका-६ मिर्जापुर बस्ने बिकाउ बैठाको छोरी १६ वर्षीया रंगिला कुमारी बैठाले शनिबार स्थानीय मनुसमारा खोलामा डुबेर मृत्यु भएको जिल्ल प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

घाँसको भारी बोकेर पुरानो मनुसमारा खोला तर्ने क्रममा उनी चिप्लिएर नदीमा खसेकी थिइन्। 

नदीमा लडेपछि जलकुंभीमा उनकाे टाउको फसेको पाइएको प्रहरीले जनाएको छ।  

घटनाको जानकारीपछि अर्नाहा र इलाका प्रहरी कार्यालय गडहरियाबाट प्रहरी निरीक्षक ज्जवल कार्कीको कमाण्डमा प्रहरी घटनास्थलमा पुगेका थिए। 

किशोरीको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad