प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तराखण्डमा तीन दिनअघि आएको भिषण बाढीपहिरोमा ठूलो जनधनको क्षति भएको खबरले आफू चिन्तित भएको बताएका छन्।
तुर्कमेनिस्तान भ्रमणमा रहेका ओलीले आज बिहान सामाजिक सञ्जालमार्फत बाढीमा १७ जना भन्दा धेरै नेपाली परेको खबरले आफूलाई दुःख लागेको पनि उल्लेख गरेका छन्।
‘छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद खबरले चिन्तित छु। बाढीमा १७ जना भन्दा बढी नेपाली नागरिक पनि परेको खबर आएको छ,’ ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उनीहरूको उद्दारको लागि दूतावास मार्फत तत्काल कुटनीतिक छलफल भएको थियो। बाढीपहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडामा रहेका परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दछु।’
उत्तरकाशीको बाढीपहिरोमा कम्तिमा पनि १८ जना नेपाली बेपत्ता भएको आशंका
93
Shares


प्रतिक्रिया