समाज


लकडाउन अवधि बढेपछि रुष्ट भारतीय मजदुरहरु सडकमा उत्रिए

लकडाउन अवधि बढेपछि रुष्ट भारतीय मजदुरहरु सडकमा उत्रिए

नेपालखबर
बैशाख ३, २०७७ बुधबार ११:३,

पहिलो चरणको लकडाउन मार्च २५ देखि अप्रिल १४ सम्म २१ दिन तोकिएको थियो।

तर कोरोना संक्रमित र मृतकको संख्या झनै बढ्न थालेपछि भारतले भाइरसको खतराको मध्यनजर गर्दै फेरि १९ दिन लकडाउन अवधि बढाउने निर्णय गरेको छ।

यसबीचमा भारतीय नागरिकहरु सरकारसँग रुष्ट बनेका छन्। मंगलबार बिहान भारत सरकारले लकडाउन अवधि लम्ब्याउने निर्णय गरेको थियो।

सोही दिन साँभm मुम्बईमा सयौं सर्वसाधारणले सरकारले घोषणा गरेको लकडाउनको विरोध गरे। मानिसहरुले सकडमै उत्रिएर सरकारविरुद्ध नारा लगाएका थिए।

मुम्बईको बान्द्रा रेल स्टेसनमा पनि विरोध प्रदर्शन भएको थियो। प्रदर्शनकारीहरु अधिकाँश मजदुर भएको बताइएको छ।

Lockdown extension: Migrant labourers protest in Mumbai - Mail ...

उनीहरुले आफूहरु भोकभोकै बस्न बाध्य भएको र सरकारले घर फर्किन यातायताको सुविधा प्रदान गर्नुपर्ने गुनासो गरेका थिए।

भारत लकडाउन भएयता सवारी साधनहरु चलेको छैन। ती मजदुरहरुले काम बन्द भएपछि उनीहरुले रोजगारी पनि गुमाएका छन्।

खान र बस्न निकै गाह्रो भएपछि आफूहरु लकडाउनको विरोधमा उत्रिएको उनीहरुको गुनासो रहेको छ।

कि सरकारले खान र बस्न व्यवस्था गर्नुपर्ने नत्र घर फर्काइदिनुपर्ने उनीहरुको माग रहेको छ।

बुधबारसम्म भारतमा ११ हजार ५५५ जनामा कोरोना संक्रमण देखिएको छ। त्यहाँ ३९६ को मृत्यु भइसकेको छ। सीएनएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .