समाज


अस्ट्रेलियामा फेला पर्‍यो संसारकै लामो जीव

अस्ट्रेलियामा फेला पर्‍यो संसारकै लामो जीव

नेपालखबर
बैशाख ३, २०७७ बुधबार १०:४६,

 पश्चिमी अस्ट्रेलियाको समुद्रमा सम्भवतः हालसम्मकै लामो जीव फेला परेको छ।

साइफनोफोर नामक यो जीव करिब डेढ सय फिट (४६ मिटर) लामो रहेको बताइएको छ। साइफनोफोर गहिरो समुद्रमा बस्ने जीव हो। जुन, थुप्रै सानाका क्लोनबाट बनेको हुन्छ। पानीमा यो एउटै लामो डोरीजस्तो देखिन्छ।

अस्ट्रेलियामा भेटिएको साइफनोफोर हालसम्मकै लामो जीव हुनसक्ने वैज्ञानिकहरुको अनुमान छ।

यसका साथै वैज्ञानिकहरुको समूहले अस्ट्रेलियानजिकैको समुद्रमा ३० प्रजातिका नयाँ जलचर फेला पारेका छन्।

अनुसन्धानकर्ताहरुको बसेको यन्त्र ४ हजार ४ सय ३९ मिटर गहिराइसम्म पुगेको र फर्किंदै गर्दा ६ सय ३० मिटरको गहिराइमा सो लामो साइफनोफोर फेला परेको देखिएको वेस्टर्न अस्ट्रेलिया म्युजियमका वैज्ञानिक नेरिदा विल्सनले बताए।

यो जीव ब्लु ह्वेलभन्दा दोब्बर लामो रहेको बताइएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .