समाज


काठमाडौँसहित यी ३५ जिल्लामा छ, आज बाढीको डर

काठमाडौँसहित यी ३५ जिल्लामा छ, आज बाढीको डर

नेपालखबर
साउन २१, २०८२ बुधबार ८:५१, काठमाडौँ

आज (साउन २१, बुधबार) राजधानी काठमाडौँसहित देशका ३५ जिल्लाका खोला/नदीमा आकस्मिक बाढी आउने र त्यसले जोखिम निम्त्याउने सम्भावना रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ। 

बाढी महाशाखाले आज बिहान बाढी मापन गर्दा कर्णाली, महाकाली र बबई नदीको बहाब सतर्कता आसपास रहेको र कोसी, नारायणी, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र कन्काई नदीको बहाव सतर्कता तहभन्दा तल छ। तर बढ्ने सम्भावना छ।

जिल्लाका दृष्टिले आज कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिमको उच्च सम्भावना रहेको बाढी महाशाखाले जनाएको छ। 

बाढी महाशाखाले उल्लिखित दुई जिल्लालाई रेड अलर्टमा राखेको छ भने तलका बाँकी ३३ जिल्लालाई एल्लो अलर्ट दिएको छ। 

आज दाङ, बाँके, बर्दिया, जाजरकोट, डोल्पा, रुकुम-पश्चिम, सल्यान, सुर्खेत, दैलेख र आसपासका जिल्ला भई बहने ससाना नदीको पनि बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना छ। 

साथै आज संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, रामेछाप, सोलुखुम्बु, भोजपुर, रसुवा, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, रुपन्देही, नवलपरासी-पूर्व, नवलपरासी-पश्चिम, कपिलवस्तु, खोटाङ, अछाम, बझाङ, डडेल्धुरा, डोटी, बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहेको बाढी महाशाखाले उल्लेख गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad