सोमबार सार्वजनिक कक्षा १२ को परीक्षामा अनुत्तीर्ण (ननग्रेडेड) भएका विद्यार्थीका लागि आगामी भदौ २८ र २९ गते पूरक परीक्षा हुने भएको छ।
नतिजा सार्वजनिकपछि राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गर्दै पुरक परीक्षाबारे जानकारी दिएको हो।
परीक्षामा नियमित परीक्षार्थीका रुपमा सहभागी भई सैद्धान्तिक तर्फ अन्य सबै विषयमा ‘डी’ वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढिमा कुनै दुई विषयमा ननग्रेडेड भएका वा बढिमा दुई विषयको परीक्षामा अनुपस्थित रहेका परीक्षार्थीले मौका परीक्षा दिन पाउने बोर्डले आज जारी गरेको सूचनामा उल्लेख छ।
सोमाबार सार्वजनिक नतिजा अनुसार ६१।१७ प्रतिशत विद्यार्थी ग्रेडेड हुँदा ३८.८३ प्रतिशत विद्यार्थी ननग्रेडेड भएका छन्।

798
Shares

प्रतिक्रिया