राजनीति


कुलिङ पिरियडमा छानबिन समितिले जिम्मेवार ठहर गरेपछि खतिवडा: ‘लेख्ने काम त मेरो होइन नि यार’

कुलिङ पिरियडमा छानबिन समितिले जिम्मेवार ठहर गरेपछि खतिवडा: ‘लेख्ने काम त मेरो होइन नि यार’

फाइल तस्बिर: राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा


नेपालखबर
साउन २०, २०८२ मंगलबार ८:३३, काठमाडौँ

‘कुलिङ अफ पिरियड’मा गरिएको गडबडीमा संसदीय छानबिन समितिले जिम्मेवार ठहर गरेपछि राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा हस्ताक्षर आफूले गरे पनि लेख्ने काम आफ्नो नभएको प्रतिक्रिया दिएका छन्।  

राज्य व्यवस्था समितिबाट पास संघीय निजामती सेवा विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा जाँदा समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुराको हस्ताक्षर थियो। जुन विधेयक संसद्‌बाट पास गरिँदा त्यसमा रहेको ‘कुलिङ अफ पिरियड’सम्बन्धी व्यवस्था नै निष्क्रिय हुने गरी ‘बाहेक’ शब्द थपिएको पाइएको थियो। 

विधेयकमा एकाएक यस्तो किर्ते देखिएपछि छानबिनका लागि संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो। उक्त समितिले दुई दिन, दुई रातको छलफलपछि मंगलरबार बिहान सवा ४ बजे यसमा समितिका सभापति खतिवडा र सचिव दुरा जिम्मेवार रहेको ठहर गर्दै प्रतिवेदन तयार पारेको हो। 

यस विषयमा नेपालखबरले राखेको जिज्ञासामा राज्य व्यवस्था समितिका सभापति खतिवडाले संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा आफूले सही गरेको कुरामा कुनै विवाद नरहेको तर यो लेख्ने काम आफ्नो नभएको बताए। बरु यसमा पास गर्ने प्रतिनिधि सभा पनि जिम्मेवार हुनुपर्ने जिकिर उनले गरेका छन्।  

‘मैले हेरेको छैन प्रतिवेदन। पहिले प्रतिवेदन हेरौँ न। सही गरेकै हो, त्यसमा विवादै भएन। तर सहीमा कुलिङ पिरियड राख्नुपर्छ भन्ने स्ट्यान्ड मेरो हो। पारित गर्ने १५ दिनसम्म संसदै छ। संसदले पनि हेर्नुपर्छ होला नि। जिम्मेवार त संसद पनि छ नि’, उनले नेपालखबरलाई संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘तर यसमा जल्ले स्टयान्ड लियो त्यो त नहोला। अब के गरी लेखिरछन् मलाई थाहा भएन। लेख्ने काम त मेरो होइन नि यार।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad