समाज


चिनियाँ दूतावासको गाडी मुलपानीमा दुर्घटना

चिनियाँ दूतावासको गाडी मुलपानीमा दुर्घटना

तस्बिर/भिडिओः दीनेश घोरसाइने


नेपालखबर
साउन १९, २०८२ सोमबार १२:२६, काठमाडौँ

काठमाडौँको मुलपानीमा चिनियाँ दूतावासको गाडी दुर्घटनामा परेको छ। 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक गिरीका अनुसार आइतबार बिहान चिनियाँ दूतावासको ११ सिडी ६१९ नम्बरको गाडी पुलबाट खोल्सामा खसेको हो। 

गाडीमा चिनियाँ नारिक सवार थिए र उनीहरू आमा, छोरा हुन्। गाडी अनियन्त्रित भएर खोल्सामा खसेको थियो। 

खोल्सामा खसेको गाडीलाई प्रहरी र स्थानीयले निकालेका थिए।

गाडीमा सवार २ चिनियाँ सामान्य घाइते भएको र उनीहरुको सामान्य उपचारपछि घर फर्किएको बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad