चन्द्रनगर गाउँपालिकाको क्वारेन्टिनमा राखिएको ५० जनालाई र्यापिड परीक्षणमार्फत कोरोना भाइरसको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ।
चन्द्रनगरको क्वारेन्टिनमा रहेका ५० जनालाई मंगलबार कोरोनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको सर्लाहीका प्रमखु जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए। भरतबाट लुकीछिपी नेपाल प्रवेश गरेका चन्द्रनगर गाउँपालिका ती व्यक्तिलाई कामधस्थित एक विद्यालयमा बनाइएको क्वारेन्टिनमा राखिएको छ।
यसअघि सोमबार हरिपुर नगरपालिकाको क्वारेन्टिनमा रहेका दुई जनाको सोमबार कोरोना परीक्षण गरिएको थियो। परीक्षणमा दुवै जनाको रिपोर्ट नेगेटिभ आएको प्रजिअ जिसीले बताए। सर्लाहीको २० स्थानीय तहले ३७ स्थानमा ३८३ श्ययाको क्वारेन्टिन निर्माण गरेका छन्। हाल ती क्वारेन्टिनमा भारत तथा तेस्रो मुलुकबाट फर्किएका ९२ जनालाई राखिएको छ। रासस

प्रतिक्रिया