समाज


छात्रवृत्तिमा छनोट भएका विद्यार्थीलाई साउन १५ भित्र भर्ना हुन महानगरको आग्रह

छात्रवृत्तिमा छनोट भएका विद्यार्थीलाई साउन १५ भित्र भर्ना हुन महानगरको आग्रह

नेपालखबर
साउन १३, २०८२ मंगलबार १८:३८, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षामा छनौट भएका विद्यार्थीहरूलाई यही साउन १५ गतेभित्र सम्बन्धित शैक्षिक संस्थामा भर्ना हुन आग्रह गरेको छ। 

मंगलबार सूचना प्रकाशित गरी महानगरपालिकाले ‘१५ गतेसम्म भर्ना हुनुपर्नेछ अन्यथा मनोनयन भएको शिक्षण संस्थामा छात्रवृत्तिमा अध्ययनको लागि कुनै पनि दाबी विरोध गर्न नपाइने र उक्त कोटामा न्यापअपमा मनोनयन गरिने’ जनाएको छ।

महानगरले भनेको छ, ‘मनोनयनमा परेका परिक्षार्थीले entrance.kathmandu.gov.np मा आफ्नो सिम्बोल नम्बर, जन्म मिति, पासवर्ड (मोबाइल र इमेलमा प्राप्त) राखी मनोनयन पत्र प्रिन्ट गरी मिति २०८२।०४।१५ गतेसम्म भर्ना हुनुपर्नेछ अन्यथा मनोनयन भएको शिक्षण संस्थामा छात्रवृत्तिमा अध्ययनको लागि कुनै पनि दाबी विरोध गर्न नपाइने र उक्त कोटामा न्यापअपमा मनोनयन गरिने व्यहोरा जानकारी गराइन्छ।’

साथै महानगरले पूनः परीक्षामा उत्तीर्ण भई पहिलो र दोस्रो चरणमा मनोनयन हुन नसकेका परीक्षार्थीहरुलाई पहिलो र दोस्रो चरणमा मनोनयन भएका विद्यार्थी भर्ना नभई रिक्त रहेका सिटसमेतमा यही साउन १६ गते पश्चात विषय र कलेज प्राथमिकता माग गर्ने सूचना प्रकाशित हुने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad