समाज


बिहानै नारायणी नदीमा फाल हानेका युवक वेपत्ता

बिहानै नारायणी नदीमा फाल हानेका युवक वेपत्ता

फाइल तस्बिर


नेपालखबर
साउन १३, २०८२ मंगलबार ८:३५, नवलपुर

चिनवनस्थित नारायणी नदीमा फाल हानेर एक युवक बेपत्ता भएका छन्। 

मंगलबार बिहान चितवन र नवलपुर पूर्व जोड्ने नारायणी नदीको पुलबाट हाम फालेर झण्डै २० वर्षका एक युवक बेपत्ता भएका प्रहरीले जनाएको छ।

युवकले नदीमा फाल हानेको जानकारी पाएपछि पुगेको प्रहरीले उनको खोजी गरिरहेका जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका एसपी यादव ढकालले जानकारी दिए। 

बेपत्ता युवकको नाम ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ। बेपत्ता युवाको खोजीका लागि १७ नम्बर गणको आईआरटी पोस्टबाट ७ जनाको टोली परिचालन भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad