बागमती


अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका दुई सांसद फर्किए मुख्यमन्त्री लामाकै पक्षमा

अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका दुई सांसद फर्किए मुख्यमन्त्री लामाकै पक्षमा

बीचमा मुख्यमन्त्री बहादुरसिंह लामा र दायाँ-बायाँ उनका पक्षमा फर्केका दुई सांसद


सुनिता विष्ट
साउन १३, २०८२ मंगलबार ८:४०, हेटौँडा

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध कांग्रेस संसदीय दलमा दर्ता अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका दुई सांसदले यसमा आफूहरूको सहमति नरहेको भन्दै नाम फिर्ता लिएका छन्। 

आफ्नै दल नेपाली कांग्रेसका बागमती प्रदेश संसदीय दलका नेता रहेका मुख्यमन्त्री लामाविरुद्ध गत शुक्रबार दर्ता अविश्वास प्रस्तावबारे आफूहरूलाई थाहै नदिई हस्ताक्षर गराइएको दाबी गर्दै सांसदद्वय माया श्रेष्ठ र मीना पराजुलीले त्यसबाट आफूहरू नाम फिर्ता लिइएको घोषणा गरेका हुन्। 

उनीहरूले संयुक्त विज्ञप्ति जारी गरी आफूहरू मुख्यमन्त्री लामाकै समर्थनमा रहेको बताएका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘बागमती प्रदेश संसदीय दलका नेता मा. बहादुरसिंह लामा (तामाङ) को विरुद्धमा परेको अविश्वासको प्रस्तावमा हामी समेतको हस्ताक्षर संकलन गरिएकोमा हामीलाई सो अविश्वासको प्रस्तावको विषयमा चाहिँ जानकारी नै नगराई हस्ताक्षर गराइएकोमा सोमा हामीहरूको असहमति रहेकोले उक्त अविश्वासको प्रस्ताव फिर्ता लिई संसदीय दलका नेता मा. बहादुरसिंह लामा (तामाङ) लाई समर्थन रहेको बेहोरा अवगत गराउँद छौँ।’

बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाको विरुद्धमा परेको अविश्वासको प्रस्तावमा हामी समेतको हस्ताक्षर संकलन गरिएकोमा हामीलाई सो अविश्वासको प्रस्तावको विषयमा जानकारी नै नगराई हस्ताक्षर गराइएको पाइएकोमा सो विषयमा असहमति रहेकोले उक्त अविश्वासको प्रस्ताव फिर्ता लिई संसदीय दलका नेता लामलाई समर्थन रहेको जानकारी गराउँदछु।

सांसद श्रेष्ठ चितवनबाट तथा पराजुली काठमाडौँबाट निर्वाचित समानुपातिक सांसद हुन्।

बागमती प्रदेश सभामा कुल ३७ सदस्य छन्।

तीमध्ये मकवानपुरका सांसद इन्द्रबहादुर बानियाँको नेतृत्वमा २१ सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरिएको हो। 

तीमध्ये सांसदद्वय श्रेष्ठ र पराजुलीले अविश्वास फिर्ता लिएपछि मुख्यमन्त्री लामाको समूहमा १८ सांसद भएका छन् भन् बानियाँका पक्षमा १९ जना छन्।

तर अझै बानियाँकै पक्षमा बहुमत देखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad