समाज


‘कुरुवा घर’ निर्माण गर्दै वीर अस्पताल

‘कुरुवा घर’ निर्माण गर्दै वीर अस्पताल

नेपालखबर
साउन १२, २०८२ सोमबार १६:११, काठमाडौँ

वीर अस्पतालले बिरामी कुरुवाका लागि कुरुवा घर निर्माण गर्ने भएको छ।

अस्पतालको १३६ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अस्पतालका निर्देशक प्राडा दिलिप शर्माले यसबारे जानकारी गराएका हुन्। हालसम्म ७७ जिल्लाकै बिरामीको उपचार हुने गरेको वीर अस्पतालमा कुरुवा घर छैन। 

७७ जिल्लाबाट राजधानीमा आएर उपचार गर्दा बिरामी कुरुवाहरू समस्यामा पर्नेकुराको मध्यनजर गरी कुरुवा घरको व्यवस्था गर्न लागेको बताए।

अस्पतालले ओपीडीको बिल्डिङबाट नयाँ सर्जिकल ब्लकमा जाने क्रममा पब्लिक भेइकल बढी हिँड्ने बाटो रहेकाले बिरामीलाई पनि धेरै अफ्ठ्यारो भएको महशुस गरी आकाशे पुलको निर्माण गर्ने योजनाअनुसार काम गरिरहेको बताए।

ओपिडी काउन्टर थपि प्रतिक्षालयको स्तरोन्नति गर्ने गरी क्यानोपि निर्माणको योजना बनाएको पनि बताए। 

उनले भने, ‘वीर अस्पतालको विस्तारित दुवाकोट परियोजनालाई यथाशिघ्र अघि बढाइयोस्। वीर अस्पताल देशको गौरव हो। स्वास्थ्य सेवा प्रवाहको इतिहास बोकेको यस संस्थालाई केन्द्रीय रिफरल तथा अनुसन्धानको केन्द्र बनाउन हामी सबैको एकता, प्रतिवद्धता र समर्पणको आवश्यकता छ।’

निर्देशक शर्माले अस्पतालको विद्यमान सर्भर पुरानो भएकाले र धान्नसक्ने स्थिति पनि नरहेकाले बजेटको आवश्यकता रहेको बताए। एकीकृत डाटा सेन्टरको स्थापनाको लागि सरकारसँग आग्रह गरे। वीर अस्पतालको विस्तारित दुवाकोट परियोजनालाई यथाशिघ्र अघि  बढाउन माग गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad