ad ad

समाज


फुटबलका पूर्व राष्ट्रिय खेलाडीको थ्रेसरमा परेर मृत्यु

फुटबलका पूर्व राष्ट्रिय खेलाडीको थ्रेसरमा परेर मृत्यु

नेपालखबर
बैशाख २, २०७७ मंगलबार ४:५१,

फुटबलका पूर्व राष्ट्रिय खेलाडी नरी चन्दको गहुँ झार्ने क्रममा थ्रेसमा बेरिएर मृत्यु भएको छ।

कञ्चनपुरको भीमदत्तनगरपालिका–५ बनगाउँका चन्दको ट्रयाक्टरले गहुँ थे्रसिङ गर्ने क्रममा सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।

पट्टामा बेरिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलले जानकारी दिए।

मतृक चन्दको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ। चालक र ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ।।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .