ad ad

समाज


भारतीय मन्त्रीका १४ निजी ‘स्टाफ’लाई कोरोना संक्रमण

भारतीय मन्त्रीका १४ निजी ‘स्टाफ’लाई कोरोना संक्रमण

नेपालखबर
बैशाख २, २०७७ मंगलबार २:३७,

भारतमा एक जना प्रान्तीय मन्त्रीका निजी ‘स्टाफ’लाई कोरोना संक्रमण देखिएको छ। महाराष्ट्र सरकारका आवास मन्त्री जितेन्द्र अह्वाडका १४ निजी ‘स्टाफ’लाई कोरोना संक्रमण भएको हो।

समाचार एजेन्सी पीटीआईका अनुसार यी मध्ये ५ जना उनको सुरक्षामा खटिएका प्रहरी हुन्। बाँकी ९ जना ‘पर्सनल सेक्रेटरी’ र घरमा काम गर्ने घरेलु कामदार हुन्।

मन्त्री जितेन्द्रले उनी एक व्यक्तिको सम्पर्कमा पुगेको र त्यसपछि कोरोना संक्रमण देखिएको सोमबार जनाएका थिए। त्यसपछि उनले आफैँ क्वारेन्टिनमा जाने निर्णय गरेको उल्लेख गरेका थिए।

यो बीचमा उनका निजी कर्मचारीको कोरोना टेस्ट गरिँदा संक्रमण देखिएको हो। पछिल्लो केही समय यता मन्त्री जितेन्द्र एक प्रहरी अधिकारीसँग निकट सम्पर्कमा थिए। पछि ती प्रहरी अधिकारी कोरोनाबाट संक्रमित भए। त्यसपछि आवास मन्त्री जितेन्द्र अह्वाड आफैँ क्वारेन्टिनमा बस्ने निर्णय लिएका थिए।

भारतमा कोरोनाका कारण क्वारेन्टिनमा जाने उनी पहिलो मन्त्री हुन्। उनले महाराष्ट्रस्थित आफ्नो विधान सभा क्षेत्रका बासिन्दालाई अपील गर्दै घरभित्रै बस्न र लकडाउनको पूर्ण पालना गर्न आग्रह गरेका छन्।

स्वास्थ्य मन्त्रालयकाअनुसार भारतमा कोरोना भाइरसबाट मंगलबार बिहानसम्म ३२४ जनाको मृत्यु भएको छ। ९ हजार ३५२ जना संक्रमित छन्।

मन्त्री स्वयं क्वारेन्टिनमा जाने महाराष्ट्र कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित प्रदेश हो। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारसम्म त्यहाँ कोरोनाबाट १४९ जनाको ज्यान गएको छ, २ हजार ३३४ संक्रमित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .