नेपालखबरका प्रधान सम्पादक पूर्ण बस्नेतले नेपाल खबर राइजिङ नेपाल समिट २०२५ देशलाई समृद्धिको बाटोमा डोर्याउने मद्दत गर्ने अपेक्षासहित आयोजना गरिएको बताएका छन्। नेपाल खबर १०औं वर्षमा प्रवेशको अवसरमा आयोजित समारोहमा उपस्थित सबैलाई स्वागत गर्दै बस्नेतले यस्तो अपेक्षा रहेको बताएका हुन्।
'नेपालखबरले आफ्नो दसौं वर्ष प्रवेशको अवसरमा यो समिटमार्फत समृद्ध नेपालको सपनालाई नयाँ उचाइ दिन एउटा पहल गरेको छ। मिडियामार्फत् आर्थिक रुपान्तरणका एजेण्डा उठाउँदै आएका हामी यो मञ्चमार्फत राजनीतिक नेतृत्व, विज्ञ, निजी क्षेत्र र नागरिकबीच साझा संवादको पूल निमर्माण गर्न चाहन्छौं,' उनले भने, 'यो समिटलाई बार्षिक उत्सव बनाउँदै काठमाडौं र सातै प्रदेशमा विस्तार गरी नेपालको समृद्धिको बहसलाई देशव्यापी बनाउने हाम्रो लक्ष्य छ।'
भिडिओ हेर्नुहोस्
यस्तो छ बस्नेतको भनाइ
नेपालखबर राइजिङ नेपाल समिट २०२५
यो समिटको अन्तिम सत्र नेपालखबर कन्भरसेसन' मा सहभागी बन्नु हुने पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्य र पूर्वमन्त्री डा मिनेन्द्र रिजालज्यू, विशेष वक्ता प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकार डा. युवराज खतिवडाज्यू
उद्घाटन समारोहका वक्ता नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालज्य
आज दुई वटा प्यानल छलफलमा सहभागी हुन् हुने नेपाल सरकारका सचिवज्यूहरू, विभिन्न क्षेत्रका विज्ञहरू, उपस्थित अतिथिगण र विश्वभरबाट सामाजिक सञ्जालमार्फत हामीसँग जोडिनुभएका दर्शकवृन्द,
ग्लोबल आईएमई बैंक प्रेजेन्ट्स नेपालखबर राइजिङ नेपाल समिट २०२५ मा तपाई सबैलाई हार्दिक स्वागत छ। व्यस्त कार्यतालिकाबीच हामीलाई यो कार्यक्रममा समय दिनु हुने पूर्वराष्ट्रपतिज्यू, पूर्वप्रधानमन्त्रीज्यू, मन्त्रीज्य सहसचिवज्यूहरू, निजी क्षेत्रका अगुवाहरू र विज्ञहरूप्रति हार्दिक आभार प्रकट गर्दछ।
नेपालखबरले आफ्नो दसौं वर्ष प्रवेशको अवसरमा यो समिटमार्फत समृद्ध नेपालको सपनालाई नयाँ उचाइ दिन एउटा पहल गरेको छ। मिडियामार्फत् आर्थिक रुपान्तरणका एजेण्डा उठाउँदै आएका हामी यो मञ्चमार्फत राजनीतिक नेतृत्व, विज्ञ, निजी क्षेत्र र नागरिकबीच साझा संवादको पूल निमर्माण गर्न चाहन्छौं। यो समिटलाई बार्षिक उत्सव बनाउँदै काठमाडौं र सातै प्रदेशमा विस्तार गरी नेपालको समृद्धिको बहसलाई देशव्यापी बनाउने हाम्रो लक्ष्य छ।
सरकारले आर्थिक रुपान्तरण र लगानीमैत्री वातावरण बनाउन गरिरहेको प्रयासबारे प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार डा युवराज खतिवडाले ब्रिफिङ गर्नु नै हुनेछ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कन्य ढकालज्युको निजी क्षेत्रको दृष्टिकोणले लगानीका नयाँ सम्भावना उजागर गर्नेछ।
कनमा सहभागी आन्तरिक र विदेशी लगानीमा केन्वित दुईवटा प्यानल नेपाल सरकारका प्रतिनिधिरविले नेपालको लगानीको वर्तमान अवस्था र अपार सम्भावनाहरूलाई उजागर गरीरहने जलविद्युत, पर्यटन, सूबना प्रविधि र उत्पादन क्षेत्रमा लगानीका नयाँ अवसरहरू पहिल्याउँदै नेपाल इज राइजिङको हामी साझा संकन्गलाई साकार पार्न प्रष्ट र कार्यान्वयनयोग्य मार्गचित्र प्रस्तुत गर्ने अपेक्षा
हाम्रो अर्थतन्त्रलाई रुपान्तरण गर्न नीतिगत स्थिरता, लगानी र दश जनशक्तिको आवश्यकता छ। छिमेकी मुलुक बीन र भारतको आर्थिक छलाङबाट सिकेर हामीले नीतिगत सुधार र बांधार विकासमा जोड विनुपाई।
यो समिटले यस्ता विषयमा गहिरो छलफल गरी नेपाललाई समृद्धिको बाटोमा डोर्याउन मद्दत गर्ने अपेक्षा छ
युवालाई स्वदेशमै अवसर सिर्जना गर्न लगानीकर्ताहरूमा अटान विश्वास जगाउने र नेपाललाई विश्व मञ्चमा समुद्र गतिशील र आत्मविश्वासी राष्ट्रको रुपमा स्थापित गर्न हाम्रो साझा संकल्प हो। यो मञ्चले त्यो मकत्य साकार पार्न सार्थक योगदान दिने विश्वास छ।
अन्त्यमा, एवंराष्ट्रपतिज्यू प्रधानमन्त्रीसहित यो समिटमा सहभागी सबैप्रति हार्दिक आभार प्रकट गर्दछु। धन्यवाद
Shares

प्रतिक्रिया