नेपालखबर ‘राइजिङ नेपाल समिट २०२५’ (Live)
नेपालखबर ‘राइजिङ नेपाल समिट २०२५’ सुरु भएको छ। नेपालखबर प्रालिको १०औँ वार्षिक उत्सवका अवसरमा आयोजित समिट होटल सोल्टीमा सुरु भएको हो।
समिटमा दुईवटा प्यानल डिस्कसन हुनेछन्। ३:४५ देखि ४:३० सम्म पहिलो प्यानल डिस्कसन ‘डमेस्टिक क्यापिटल : डमेस्टिक ग्रोथ’ विषयमा हुनेछ।
यस सत्रमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, निम्बसका प्रबन्धनिर्देशक आनन्द बगारिया, होटल मेची क्राउनकी उपप्रबन्धनिर्देशक अश्लेषा कार्की, उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले घरेलु पुँजी र आर्थिक वृद्धिबारे विमर्श गर्नेछन्।
साउन ८, २०८२ बिहिबार १५:५०

प्रतिक्रिया