समाज


हिमालपारिको जिल्ला मनाङमा ४७ मिलिमिटर वर्षा

हिमालपारिको जिल्ला मनाङमा ४७ मिलिमिटर वर्षा

नेपालखबर
साउन ६, २०८२ मंगलबार १०:१७, काठमाडौँ

पछिल्लो १२ घण्टाको अवधिमा मनाङमा ४७ मिलिमिटर वर्षा भएको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार गएको १२ घण्टाको अवधिमा मनाङमा ४७ मिलिमिटर वर्षा मापन गरिएको हो। यस अवधिमा सबैभन्दा बढी सिन्धुपाल्चोकमा ५५ मिलिमिटर वर्षा भएको छ। 

महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले मनसुनको बेला मनाङमा १२ घण्टाको अवधिमा यत्तिको पानी पर्नुलाई सामान्य रुपमै लिनुपर्ने बताए। 

‘अरु बेला नभए पनि मनसुनको बेला मनाङ, मुस्ताङ जस्ता हिमाली जिल्लामा पनि सामान्य वर्षा हुन्छ,’ उनले नेपालखबरसँग भने, ‘मनाङ र लमजुङको सीमा क्षेत्र नजिकै पर्ने ताल भन्ने ठाउँको वर्षा मापन केन्द्रमा गएको १२ घण्टामा ४७ मिलिमिटर वर्षा भएको हो। त्यहाँ यत्ति पानी पर्नुलाई सामान्य रुपमै लिनुपर्छ।’

गएराति सदरमुकाम चामे आसपासका क्षेत्रमा वर्षा भएको छ। 

महाशाखाका अनुसार गएको १२ घण्टामा कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा पानी परेको छ। 

पानी पार्ने बादल विस्तारै दक्षिण(पश्चिमतर्फ सरिरहेकोसमेत महाशाखाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad