समाज


देशका ५ वटा सडक पूर्ण र अरु ५ सडक आंशिक अवरुद्ध (सूचीसहित)

देशका ५ वटा सडक पूर्ण र अरु ५ सडक आंशिक अवरुद्ध (सूचीसहित)

फाइल तस्बिर


नेपालखबर
साउन ६, २०८२ मंगलबार १०:४५, काठमाडौँ

बाढी र पहिरोको कारण आज पनि देशका विभिन्न सडक अवरुद्ध अवस्थामा छन्। अहिले ५ वटा सडक मार्ग पूर्णरूपमा अवरुद्ध अवस्थामा रहेका प्रहरीले जनाएको छ। 

बाढीपहिरोले संखुवासभाको कोसी राजमार्ग, पाँचथरको मेची राजमार्ग, पाँचथरकै तमोर करिडोर सडक, रसुवाको पासाङ ल्यामु सडक र रुकुमपश्चिमको जाजरकोट-डोल्पा-भेरी करिडोर सडक पूर्णरुपमा अवरुद्ध छ। 

त्यसैगरि काठमाडौँको काठमाडौँ-नुवाकोट सडक, बागलुङको  कालीगण्डकी करिडोर सडक तथा नवलपरासी पूर्वको कालीगण्डकी करिडोर, रोल्पाको सहीद राजमार्ग एकफर्ती मात्रै खुलेका छन्। 

अवरुद्ध सडकको पहिरो हटाउनेसहितका मर्मतको काम जारी रहेको प्रहरीले जनाएको छ। 

यी हुन् अवरुद्ध अवस्थाका र एकतर्फी चलेका सडक 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad