समाज


आज काठमाडौँसहित यी ५० जिल्लामा बाढीको जोखिम, सावधानी अपनाउन सुझाव

आज काठमाडौँसहित यी ५० जिल्लामा बाढीको जोखिम, सावधानी अपनाउन सुझाव

नेपालखबर
साउन ६, २०८२ मंगलबार ८:५३, काठमाडौँ

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (साउन ६, मंगलबार) को सम्भावित बाढीबारे जानकारी दिँदै सतर्कताका लागि सुझाव दिएको छ। 

बाढी महाशाखाका अनुसार आज बिहान बाढी मापन गर्दा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरुको बहाव सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ। 

जिल्लाका हिसाबले ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, संखुवासभा, सोलुखुम्बु, रामेछाप, भोजपुर, खोटाङ, ओखलढुंगा, रसुवा, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, दोलखा, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ, लमजुङ, गुल्मी र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना उच्च छ। 

साथै आज इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, नुवाकोट, धादिङ, सिन्धुली, मकवानपुर, स्याङ्जा, गोरखा, रोल्पा, दाङ, प्युठान, पाल्पा, अर्घाखाँची, जाजरकोट, जुम्ला, कालिकोट, सुर्खेत, दैलेख, डोटी, अछाम, बैतडी, दार्चुला, डडेल्धुरा र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना मध्यम छ।

उल्लिखित ५० जिल्लालाई पहेँलो रङ अर्थात् एल्लो अलर्टमा राख्दै बाढी महाशाखाले यी क्षेत्रमा रहेका बासिन्दालाई बाढीबाट सावधान रहन सुझाव दिएको छ। 

हेर्नुहोस्, बाढी महाशाखाको बुलेटिन:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad