समाज


रातको समयमा खानेपानी मन्त्रीले गरे बालुवाटार क्षेत्रमा पानी आपूर्ति प्रणालीको निरीक्षण

रातको समयमा खानेपानी मन्त्रीले गरे बालुवाटार क्षेत्रमा पानी आपूर्ति प्रणालीको निरीक्षण

नेपालखबर
साउन ५, २०८२ सोमबार ८:१२, काठमाडौँ

खानेपानीमन्त्री प्रदीप यादवले गएराति मेलम्ची खानेपानी आपूर्ति प्रणाली अन्तर्गतका कामको निरीक्षण गरेका छन्। 

मेलम्ची खानेपानी आपूर्ति प्रणालीको कामलाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित यादवले राति अनुगमन गरेका उनको सचिवालयले जनाएको छ। 

यादवले प्रधानमन्त्री निवास बालुवाटारदेखि नक्साल, टुडालदेबी, विशालनगर, वङ्शीधर मार्ग र सुवर्ण शम्शेर सडकसम्मका क्षेत्रमा मेलम्ची खानेपानीको पाइपलाइन बिच्छाइएको स्थलको छड्के अनुगमन गरेका हुन्।

मन्त्री यादवले खानेपानी मन्त्रालय मातहतको आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)द्वारा बालुवाटार, नक्साल (भाटभाटेनी पूर्व), टुडालदेबी, विशालनगर, वङ्शीधर मार्ग पश्चिम तथा सुवर्ण शम्शेर सडकका क्षेत्रमा मेलम्ची खानेपानी आपूर्ति प्रणाली अन्तर्गतको पाइपलाइन बिच्छाइएको क्षेत्रमा भए गरेका कामको प्रत्यक्ष रुपमा जानकारी लिएका छन्। 

त्यसक्रममा उनले पाइपलाइन बिच्छाइएको क्षेत्रमा तत्काल पाइप परीक्षण कार्य सम्पन्न गरी मेलम्चीको पानी वितरण गर्न मातहतका कर्मचारीहरुलाई निर्देशनसमेत दिएका छन्। 

बालुवाटारस्थित प्रधानमन्त्री निवास तथा आसपासका क्षेत्रहरूमा मेलम्ची खानेपानी आपूर्ति प्रणाली अन्तर्गत बिच्छाइएको प्राइमरी पाइपलाइन निर्माण कार्य तेर्सो दिशात्मक ड्रिलिङग (एचडिडि) प्रविधिबाट सफलतापूर्वक सम्पन्न गरिएको र चाडै मेलम्चीको खानेपानी बितरण गरिने तयारीमा पुगेको अनुगमनका क्रममा आफुले पाएको मन्त्री यादवले बताए। 

मन्त्रीलाई आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) का प्रमुख लक्ष्मी उपाध्यायले आयोजनामा भएको निर्माणको कामको विषयमा जानकारी गराएका थिए। 

काठमाडौँ उपत्यकाका बासिन्दालाई शुद्ध, स्वच्छ तथा नियमित खानेपानी आपूर्ति गर्ने दीर्घकालीन लक्ष्य अनुरूप उक्त पाइपलाइन बिच्छाउने कार्य निर्माण गरिएको आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना प्रवन्धक अमित रञ्जितले जानकारी दिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad