समाज


न्याय परिषद्को बैठक रोकियो

न्याय परिषद्को बैठक रोकियो

न्याय परिषद्का अध्यक्ष एवं प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत। फाइल तस्बिर


नेपालखबर
साउन ४, २०८२ आइतबार १९:६, काठमाडौँ

न्याय परिषद्को आज बस्ने भनिएको बैठक अन्तिम समयमा रोकिएको छ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको स्वास्थ्यमा समस्या भएपछि बैठक बस्न नसकेको उनीनिकट एक अधिकारीले जानकारी दिए। 

‘प्रधानन्यायाधीशज्यूको आँखाको समस्याका कारण आज बैठकमा आउन सक्नुभएन। आज बस्ने भनिएको बैठक भोलिलाई सरेको छ,’ सर्वोच्च अदालतका एक अधिकारीले नेपालखबरसँग भने।

आजको बैठकले प्रशासकीय अदालतको अध्यक्ष नियुक्तिका लागि परामर्श दिने तयारी भएको थियो। 

न्याय परिषद्का सदस्य दामोदर खड्का विदेश भ्रमणमा भए पनि उनको सहमति लिएर निर्णय गर्ने प्रधानन्यायाधीशको तयारी छ।

प्रशासकीय अदालतको अध्यक्षमा नायब महान्यायाधिवक्ताबाट हालै अवकाश पाएका टेकबहादुर घिमिरेलाई नियुक्तिका लागि परामर्श दिइने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad