राजनीति


निजामती विधेयकमा एमालेले संशोधन हाल्न लगाउनु गठबन्धनलाई धोका हो : कोइराला

निजामती विधेयकमा एमालेले संशोधन हाल्न लगाउनु गठबन्धनलाई धोका हो : कोइराला

फाइल तस्बिर


नेपालखबर
साउन ४, २०८२ आइतबार १९:७, काठमाडौँ

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेकपा एमालेका सांसदहरूले राष्ट्रिय सभामा संघीय निजामती सेवा विधेयकमा प्रस्तावित संशोधनलाई आपत्तिजनक भन्दै कडा आलोचना गरेका छन्।

उनले यो कदम गठबन्धनको सहमति र समितिमा भएको सर्वसम्मत निर्णयको उल्लंघन भएको बताएका छन्।

कोइरालाले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘गठबन्धनका दलबीच भएको सहमति र समितिमा भएको सर्वसम्मति विपरीत यसरी आफ्ना सांसदहरूलाई संशोधन हाल्न लगाउनु एमालेको दोहोरो चरित्र मात्र नभई उसले देश, जनता, लोकतन्त्र र गठबन्धनलाई दिएको धोका हो।’

उनले नेपाली कांग्रेसले यस सम्बन्धमा एमालेको आधिकारिक धारणा माग गर्नुपर्ने र सबै मिलेर एमालेले हालेको संशोधन पास हुन नदिनुपर्नेमा जोड दिएका छन्।

‘कुलिङ पिरियड रहन्छ, रहन्छ र रहन्छ,’ कोइरालाले भनेका छन्, ‘कोही दुविधामा नपरे हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad