समाज


भक्तपुरका मालपोत प्रमुख आचार्य घुससहित अख्तियारको नियन्त्रणमा

भक्तपुरका मालपोत प्रमुख आचार्य घुससहित अख्तियारको नियन्त्रणमा

नेपालखबर
असार ३१, २०८२ मंगलबार १७:४३, काठमाडौँ

भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य घुससहित पक्राउ परेका छन्। 

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार २४ लाख ५० हजार रुपैयाँ घुसहित पक्राउ गरेको हो।

भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गाको धनी प्रमाण पुर्जा बनाउने प्रयोजनका लागि उनले घुस माग गरेका थिए।

५४ वर्षीय आचार्य उदयपुरको बेलका नगरपालिका वडा नं ४, हरिपुर घर भई हाल जिल्ला काठमाडौंको कागेश्वरी नगरपालिका वडा नं ७, फोर्सपार्क टोलमा बस्दै आएका छन्।

उनलाई भक्तपुरको व्यासीस्थित मालपोत कार्यालयबाटै पक्राउ गरिएको अख्तियारले जनाएको छ। अख्तियारले उनको साथबाट २ वटा मोबाइल पनि बरामद गरेको छ।

कार्यालय प्रमुख आचार्यसँगै कार्यालय सहयोगी ५१ वर्षीय टीकाराम राउत पनि अख्तियारको नियन्त्रणमा पुगेका छन्।

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ९, राउत टोल घर भएका उनी हाल लोकन्थली बस्ने गरेका छन्।

‘जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगत कट्टा गरी सो जग्गा मोहीको नाममा जग्गा धनी प्रमाण पुर्जा बनाउने प्रयोजनका लागि घुस रिसवत रु. २४,५०,०००/- माग गरेको भन्ने सूचनाको आधारमा आयोगबाट खटिई गएको टोलीले भूमि सुधार तथा मालपोत कार्यालय, भक्तपुरको भूमिसुधार शाखाको कार्यालय प्रमुख कुमार आचार्यको साथबाट मोबाइल डिभाइस तथा कार्यरत कार्यालय सहयोगी टीकाराम राउतको साथबाट मोबाइल र घुस /रिसवत बापतको रकम २४ लाख ५० हजारसहित नियन्त्रणमा लिएको,’ अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad